एक किशोरको फोन शौचालयको दुलोमा पसेपछि उनले हात छिराएर निकाल्ने कोशिश गर्दा उल्टै उनको हात शौचालयको दुलोमा फसेको छ । भारतको मुम्बईस्थित कुर्लामा शौचालय मा छिरेको मोबैल निकाल्ने क्रममा उक्त युबकको हात शौचालयमा फसेको हो । फोन निकाल्ने क्रममा सो युबकको हात निकाल्न उद्दारकर्मी नै बोलाउनु परेको थियो । रोहित राजभार नाम गरेका युबक मुम्बईमा आफ्ना अंकल लालमणि वर्माको घरमा आएका थिए । चौथो तल्लामा बनेको अपार्टमेन्टमा उनी इन्डियन स्टाइलको ट्वाइलेटमा फोन चलाइरहेका थिए । बिहान आठ बजे फोन उनको हातबाट चिप्लिएर शौचालयको प्वालमा खस्यो । शौचालयको प्वालमा फसेको उनको हात आफ्न आफन्तले पनि फुस्काउने प्रयास गर्दा पनि ननिस्किएपछी उद्दारकर्मी नै बोलाउनु परेको हो। रोहितलाई नाडीमा चर्को पीडा भयो । उसलाई अस्पताल लगियो र चिकित्सकहरूले एक्सरे गरे । तर उसको हातको हाड भाँचिएको देखिएन ।
३२ असार, गत असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी एक युवतीको शव भेटिएको छ ।कृष्णपुर नगरपालिका–८, आमखैयाकी १७ वर्षीय कविता विष्टको शव पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको लालझाडी जंगलस्थित खोलामा फालेको अवस्थामा भेटिएको हो ।उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयकंचनपुरका प्रबत्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञानबहादुर सेठीले जानकारी दिए । उनले हत्याको आरोपमा सोही ठाउँका मदन गिरीलाई पक्राउ गरिएको सेठीको भनाइ छ ।पक्राउ परेका गिरीले दिएको बयानको आधारमा यौन सम्पर्कपछि कविताले आत्महत्या गरेको बताइए पनि उनीसँगै रहेका अर्का एक जना भारततर्फ फरार भएको आशंका प्रहरीको छ ।हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको डिएसपी सेठीले बताए