एक किशोरको फोन शौचालयको दुलोमा पसेपछि उनले हात छिराएर निकाल्ने कोशिश गर्दा उल्टै उनको हात शौचालयको दुलोमा फसेको छ । भारतको मुम्बईस्थित कुर्लामा शौचालय मा छिरेको मोबैल निकाल्ने क्रममा उक्त युबकको हात शौचालयमा फसेको हो । फोन निकाल्ने क्रममा सो युबकको हात निकाल्न उद्दारकर्मी नै बोलाउनु परेको थियो ।
रोहित राजभार नाम गरेका युबक मुम्बईमा आफ्ना अंकल लालमणि वर्माको घरमा आएका थिए । चौथो तल्लामा बनेको अपार्टमेन्टमा उनी इन्डियन स्टाइलको ट्वाइलेटमा फोन चलाइरहेका थिए । बिहान आठ बजे फोन उनको हातबाट चिप्लिएर शौचालयको प्वालमा खस्यो ।
शौचालयको प्वालमा फसेको उनको हात आफ्न आफन्तले पनि फुस्काउने प्रयास गर्दा पनि ननिस्किएपछी उद्दारकर्मी नै बोलाउनु परेको हो। रोहितलाई नाडीमा चर्को पीडा भयो । उसलाई अस्पताल लगियो र चिकित्सकहरूले एक्सरे गरे । तर उसको हातको हाड भाँचिएको देखिएन ।
Comments
Post a Comment